जेठ ८, २०८१ मंगलबार

काठमाडौँ, ८ जेठः काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।

मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
“मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटी काटी घाइते भएको अवस्थामा फेला परेका छन्”, उहाँले भन्नुभयो, “अनुन्धानका क्रममा चिरेनलाई हिजो चोभारचाल्ना खेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खेलेको छ ।”

उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।