असार ३१, २०७८ बिहिबार

काठमाडौं उपत्यकामा थप ५५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ३३९,  भक्तपुरमा ८० र ललितपुरमा  १३४ गरी ५५३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

अहिले काठमाडौं उपत्यकामा ७६९३ सक्रिय सङ्क्रमित छन् । जसमध्ये काठमाडौंमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय सङ्क्रमित छन्।
यस्तै, पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट २६७६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७५७ जना सङ्क्रमणमुक्त भएका छन्। यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९४६३ पुगेको छ।