जेठ ५, २०८१ शनिबार

काठमाडौँ, ५ जेठ : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने भएका छन् ।

संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरिरहेको अवरोधको समाधान खोज्न सभामुख घिमिरेले दिउँसो २ बजे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै, समय व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी रहेको बताइएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।