असार २९, २०७८ मंगलबार

 धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलका अनुसार धरान ११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति सवा दसबजे मृत्यु भएको हो।

दीर्घकालीन रोगबारे यकिन नभएको जनाउँदै डा.पोखरेलले बिरामी महिलाको वैशाख २३ गते पीसीआर परीक्षणका क्रममा कोभिड–१९ पुष्टि भएको थियो। उनलाई संक्रमण पुष्टि भएको दुईदिनपछि वैशाख २५ गते थप उपचारका लागि प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो। यससँगै प्रतिष्ठानमा हालसम्म २७७ जना संक्रमितको मृत्यु भइसकेको छ।