बैशाख ९, २०८१ आइतबार

नेपालगञ्ज, वैशाखः बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुुशील सुवेदीले जानकारी दिनुभयो     
    
 खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिनुभयो उहाँले दिउँसो घाम तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताउनुभयो     
    
उहाँले चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताउनुभयो डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गर्नुभयो     
    
फायरलाइन बनाउने त्यसलाई सफा गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो शनिबार मात्रै भएको आगलागी नियन्त्रणमा लिन एउटा दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको     
    
शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको ”, सुवेदीले भन्नुभयो उहाँका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन् तर डढेलो बस्तीमा बसेर क्षति भएको छैन क्षतिको सबै विवरण सङ्कलन भइरहेको बताइएको