बैशाख ९, २०८१ आइतबार

खोटाङ, वैशाख : धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खासुम्निमा-पारुहाङ नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको खोटाङ, भोजपुर, सङ्खुवासभा सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा पारुहाङ तथा साल्पापोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको हो     
    
 किरात समुदायको सांस्कृतिकस्थल मानिने साल्पा सिलिचुङमा देश/विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको      
    
 प्रतिमाको अनावरण निवर्तमान पर्यटनमन्त्री सुदन किरातीले गर्नुभएको हो साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिकस्थल भएकाले संरक्षण प्रवर्द्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताउनुभयो     
    
 “साल्पा सिलिचुङ किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ यसलाई संरक्षण प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने उद्देश्य राखिएको ”, उहाँले भन्नुभयो, “किराती धामीले साल्पालाई नाग देवता बस्ने थलो सिलिचुङलाइ किरातीहरुले सृष्टिसँग जोडिएको ठाउँको रुपमा विश्वास गर्छन् ”    
    
 प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए मुन्दुम्विद् तथा धामी/झाँक्रीको टोलीले वैशाख गते वृहत कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा-पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, वाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ     
    
 ‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियानभन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन्     
    
 यसअघि साल्पा-सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई डा तारामणि राई उक्त अनुसन्धान समितिमा रहनुभएको     
    
 सिलिचुङको चुचुरो समुद्री सतहदेखि चार हजार एक सय ५५ मिटर उचाइमा सिलिचुङ आसपासमा टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका पर्यटकीय डाँडा छन् सिलिचुङको फेदमा साल्पा पोखरी साल्पामा वैैशाख, भदौ, कात्तिक फागुपूर्णिमामा गरी वर्षमा चार पटक मेला लाग्ने गर्छ     
    
 साल्पा पोखरीको दर्शन गर्नाले बोली नफुट्नेले बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रिले मुन्दुमी शक्ति प्राप्त गर्ने विश्वास कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार सय ७२ मिटरको उचाइमा प्छिल्लो समय पदयात्राका लागि प्रसिद्ध गन्तव्य मुन्दुम पदमार्गमा साल्पा सिलिचुङसमेत समेटिएको