बैशाख ९, २०८१ आइतबार

गलेश्वर (म्याग्दी), वैशाख म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्     
    
 जिल्लाको मालिका मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् खेतबारीमा लगाएको बाली तरकारीखेती बँदेल बाँदरले नष्ट गरे, हुँदाहुँदा अब घरभित्र नै पसेर हैरान पार्न थालेका छन्”, मङ्गला का किसान टीकानाथ कँडेलले भन्नुभयो     
    
 कँडेलका अनुसार बँदेल, दुम्सी बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् मालिकाको वडा नं उपल्लो दुखु, वडा नं निस्कोट वडा नं रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको मालिका उपल्लो दुखुकी डिलकुमारी रोका भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ”    
    
खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उहाँले बताउनुभयो खेतबारीमा बाँदर बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो     
 वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जङ्गलमा डढेलो लागेपछि बँेंसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मङ्गला छिस्वाङका निकेश पुनले बताउनुभयो दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उहाँको भनाइ बँदेलले रातिमात्र बाली नोक्सान गर्छ ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उहाँ बताउनुहुन्छ     
    
 जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतङ्क बढ्दै गएको किसान बताउँछन् बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका का किसान टेकबहादुर विकले बताउनुभयो दुम्सी आफ्नो बस्तीमा छ््यासछ््यास्ती देखिने गरेका उहाँको भनाइ     
    
 बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका स्थानीय किसानले बताएका छन्