बैशाख ९, २०८१ आइतबार

गलकोट (बागलुङ), वैशाखः अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा सङ्कटमा परेका छन् करेन्ट लगाउने विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको माछा लोप हुनथालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत सङ्कटमा परेको बागलुङको निसीखोला गाउँपालिका देवीस्थान निवासी रामबहादुर पुनले १० वर्ष निसीखोलाका माछा मारेर जीवन गुजारा गर्नुभयो     
    
 उहाँले घर नजिकै बग्ने निसीखोलामा माछा मारेर जीवन गुजारा चलाउँदै आउनुभएकोमा अहिले निसीखोलामा माछा उत्पादनमा कमी आएको उहाँ बताउनुहुन्छ उहाँ पेसा सङ्कटमा परेपछि दुबई जाने तरखरमा हुनुहुन्छ निसीखोलामा पाइने स्थानीय प्रजातीका असला माछा मार्ने, माछा मार्ने जाल बुनेर बिक्री गर्ने कार्य गर्दै आएकोमा माछा उत्पादनमा कमि आएपछि वैदेशिक रोजागरीमा जान थालेको पुनले बताउनुभयो      
    
 “अहिले खोलामा विष हाल्ने काम बन्द भए पनि करेन्ट लगाउँदा यहाँका स्थानीय प्रजातीका असला माछा लोप हुन थालेको पाइयो”, पुनले भन्नुभयो, “माछा मारेरै जीविका चलाउने विस्थापित हुँदैछन्, करेन्ट लगाएर माछा मार्दा माछा उत्पादन घट्ने आगामी दिनमा माछा लोप भएर जाने अवस्था ”    
    
 दश वर्ष माछा मार्दै आएको आफू जस्ता युवापुस्ता विदेश जानुपर्ने बाध्यता परेको उहाँले सुनाउनुभयो उहाँका अनुसार अहिले दिनभर खोलामा जाल हान्न गए पनि साँझ रित्तो हात फर्कनुपर्ने अवस्था पुनले रातको समयमा बुर्तिबाङबाट आएर निसीखोलामा करेन्ट लगाएर माछा मार्दा माछाको भु्रणसमेत मर्ने भएकाले माछा लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो     
    
 जाल थापेर स्थानीयवासीले माछा मार्दै आए पनि टाढाटाढाबाट रातको समयमा आएर विष करेन्ट लगाउँदा माछा उत्पादनमा भारी गिरावट आएको निसीखोलाका स्थानीयवासीले गुनासो गर्दै आएका छन् निसीखोलाको असला माछा निकै स्वादिष्ट हुने भएकाले चोरी सिकारी बढ्न थालेको स्थानीय भरत पुन मगरले बताउनुभयो निसीखोलाको माछा संरक्षणमा स्थानीय पालिकाले चासो नदिएको उहाँको गुनासो     
    
 “गाउँपालिकाले असला माछा संरक्षणमा जोड दिन आवश्यक रहेको , यहाँका स्थानीयवासीले जाल हानेर माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्, उनीहरुको रोजीरोटी गुम्दै आएको ”, स्थानीय पुनले भन्नुभयो, “गाउँपालिकाले करेन्ट लगाएर माछा मार्ने कार्यलाई पूर्णरुपमा निषेध गर्न जरुरी , निसीखोला गाउँपालिकाका असला माछा संरक्षण गरेर यहाँका स्थानीयवासीले पहिचानको रुपमा लिन आवश्यक ”    
    
 निसीखोलामा अवैध रुपमा माछा मार्ने कार्य नरोकिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बताउनुभयो उहाँका अनुसार गाउँपालिकाले निसीखोलाका माछालाई पहिचानका रुपमा लिन थालेर अनुगमनलाई कडाइ गर्न थालिएको खोलामा अनुगमन गर्न थालेका छाँैं, प्रहरीलाई समेत निगरानी गर्न भनेका छौँ, एक हप्ताअघि करेन्ट लगाएर माछा मार्नेलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थियौँ”, उपाध्यक्ष मगरले भन्नुभयो, “आगामी दिनमा गाउँपालिकाको योजनामा माछा संरक्षणको नीति तथा कार्यक्रम ल्याउने योजनामा छौँ, स्थानीयवासीको गुनासोसमेत आएकाले अवैध माछा मार्नेलाई कडा कारबाही गर्छौंँ निसीखोला तमानखोलामा पछिल्लो समय माछा उत्पादन घट्न थालेको असला माछाका लागि निसीखोला, दरमखोला, तमानखोला बडिगाड खोला प्रसिद्ध छन्