बैशाख ७, २०८१ शुक्रबार

ढोरपाटन (बागलुङ), वैशाख : बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको जिल्लाको निसीखोला गाउँपालिका खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो     
    
बिहान बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बन्नुभएको थियो घाइते सुनारलाई आफन्त छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो     
    
समाजसेवीसमेत रहनुभएका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो मृतक सुनारका श्रीमती, एक छोरा एक छोरी छन्     
---