असार २८, २०७८ सोमबार

 कोरोना संक्रमणबाट हुम्लामा  थप एक महिलाको मृत्यु भएको छ।

मृत्युपश्चात गरिएको एन्टिजेन परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।

सिमकोट गाउँपालिका वडा नम्बर ४ की ती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए।

योसँगै हुम्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।