बैशाख ६, २०८१ बिहिबार

मनाङ, वैशाख : विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बाको खोजी गर्ने समय भएको यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासोँ गाउँपालिका ताचैस्थित नाम्के नार्पाभूमि गाउँपालिका हुलाकी ओडारका खर्कबाट सङ्कलन गरिन्छ     
    
 संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासोँ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाखको दोस्रो सातादेखि खोजी सुरु हुने जानकारी दिनुभयो उहाँका अनुसार वैशाख १० गतेदेखि नाम्के हुलाकी ओडार खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय गरिएको मनाङमा यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको उहाँले बताउनुभयो     
    
 “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान ”, वडाध्यक्ष घलेले भन्नुभयो, “यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई पनि अनुमति दिइनेछ ”    
    
 मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ यार्सागुम्बा खोज्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सातजनाको स्थानीयले हत्या गरेका थिए त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको नार फुगाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो     
    
 नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गर्ने समय भएको भन्दै बाह्य जिल्लाका सङ्कलकलाई भने अनुमति नदिइएको बताउनुभयो उहाँले भन्नुभयो, “सुरक्षा चुनौतीका कारण बाह्य जिल्लाबाट आउने सङ्कलकलाई रोक लगाएका छौँ विगतमा भएको जस्तो घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो     
    
 अध्यक्ष लामाले पहिले जस्तै नार फु क्षेत्रमा पनि अन्य जिल्लाबाट आउनेलाई यार्सा सङ्कलनमा रोक लगाइएको जानकारी दिनुभयो उहाँका अनुसार नार्पाभूमिको नार फु संरक्षित निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो जिल्लाका अन्य खर्कमा वैशाख नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ     
    
 एक्यापको इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने जनाएको मनाङसँगै लमजुङ, गोरखा धादिङका स्थानीय यार्सा सङ्कलन गर्न मनाङका लेक पुग्छन् नार घटनापछि जिल्लास्थित एक्यापले यार्सा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको     
    
 एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सा खोज्न बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमि, खाङ्सार पिसाङमा पनि स्थानीयलाई मात्र खोजीका लागि अनुमति दिने निर्णय भएको सङ्कलकको सङ्ख्यासँगै यार्सा पनि कम सङ्कलन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो     
    
 ढकालका अनुसार जिल्लाका तीन स्थानका खर्कमा यार्सागुम्बा सङ्कलनमा बाह्य जिल्लाका व्यक्तिलाई रोक लगाइएको स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ     
    
 प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो उहाँले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै विगतको जस्तो घटना नहोस् भनी सजगता अपनाइएको जानकारी दिनुभयो     
    
 “यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख राज्यबाट शुल्क लिने, कर लगाउने काम अधिकार प्राप्त निकायले गर्नुपर्ने हो”, प्रजिअ लामिछानेले भन्नुभयो, “कानुनी रूपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा कुरा उठाउनुपर्ने यो आमनागरिकसँग जोडिएको विषय भएकाले अहिलेलाई साबिकमा जे भएको थियो, त्यसलाई नै निरन्तरता दिँदै अनुमति दिने निणृय भएको ”    
    
 जिल्ला समन्वय समितिका प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख संरक्षण समितिका पदाधिकारी सहभागी भई उक्त निर्णय गरिएको उहाँले जानकारी दिनुभयो संरक्षण समितिका पदाधिकारी सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो     
    
 प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन हाम्रो सुरक्षाकर्मी तपाईँको साथमा हुनुहुन्छ ती सूचना समयमा दिने, आवश्यक सहयोग समन्वय गर्ने कुरामा सहमति भएर निर्णय गरेका छौँ उहाँले अधिकारको उपयोग गर्नमा संरक्षण समितिका पदाधिकारी नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो     
    
 संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ पुर्जी काटिसकेपछि मात्रै सङ्कलकलाई सहजरूपमा खर्कतर्फ जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जानेले १० वटा यार्सा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको     
     
 जिल्लाको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फुलेकलगायत स्थानमा यार्सा बढी पाइन्छन् यार्सा सङ्कलन नाम्ग्य खर्कबाट सुरु भई नार, फु माथिल्लो मनाङको खाङ्सारमा सकिन्छ असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य गरिन्छ