बैशाख ४, २०८१ मंगलबार

गोरखा, वैशाखः चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध हुनुहुन्छ     
    
‘‘भक्तजनलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुुप्रसाद पाठकले भन्नुभयो, “मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको मन्दिरमा एकैदिन सात हजार पाँच सय भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उहाँको भनाइ     
    
भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गत वर्षभन्दा यसवर्ष चैते दसैँमा दर्शनार्थीको सङ्ख्या बढेको उहाँको अनुमान मन्दिरमा पूजाआजा दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो     
    
भूकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना सङ्क्रमणका कारण केही वर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यसवर्ष मन्दिरमा आएकाले भक्तजनको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको     
    
चैत्राष्टमी चैतेदसैँमा कालिका मन्दिरमा विशेष पूजाआज हुन्छ कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिनुभयो कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ