बैशाख ३, २०८१ सोमबार

काठमाडौँ, वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताउनुभएको     
    
 नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङब्रेकथ्रुभएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताउनुभयो     
    
 “आयातित इन्धन घटाउँदै विद्युतीय सवारीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता स्टीलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा भएको वृद्धि, उपत्यकाबाहिर हाउजिङ अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो     
    
 उहाँले भारतलगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचनाप्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअपमा प्रगतिलगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएको उल्लेख गर्नुभयो     
    
 प्रधानमन्त्री प्रचण्डलेकेही हुँदैनभन्ने निराशाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गर्नुभयो     
  यही वैशाख १६ १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गर्नुभयो     
    
 लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको बताउनुभयो नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो