बैशाख ३, २०८१ सोमबार

काठमाडौँ, वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकुलाई सुशासन समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको     
    
 नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उहाँले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो उहाँले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पु¥याउनेहरुसँग भने एकता नहुने स्पष्ट पार्नुभयो     
    
 अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभयो     
    
समितिमा पार्टीको भूमिका प्रभावकारी    
 अध्यक्ष ओलीले संसदीय समितिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो संसदमा हाम्रो सहभागिता सक्रिय प्रभावकारी हुनुपर्दछ गलत निर्णय संसदबाट हुनुहुँदैन भोलिका दिनमा संसदको इतिहास हेर्दा पनि संसदले यस्तो गरेछ भन्ने नहोस्”, उहाँले भन्नुभयो     
    
 अध्यक्ष ओलीले समितिमा कुनै विषयमा कहिलेकाहीँ स्वार्थ समूहले प्रभावित गर्ने भएकाले त्यस्ता स्वार्थ समूहका हित हावी भएर राष्ट्रिय हित कमजोर बनाउन नहुने धारणा समेत राख्नुभयो उहाँले सही दिशामा राजनीतिक फर्कदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा देखिएको विवादले केही प्रभाव नपार्ने बताउनुभयो     
    
 उहाँले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य पूरा गर्न समाजवाद आवश्यक रहेको बताउनुभयो राजनीतिक धेरै बिग्रेपछि जनतामा असन्तुष्टि अन्योल बढ्छ”, उहाँले भन्नुभयो     
    
    
 उहाँले एमालेका लागि शक्तिको खेलमा लाग्नुभन्दा मुलुकको राष्ट्रिय हितमा काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो अहिले एमालेले कतिपयले यो वा त्यो मन्त्रालय लिएन भनेर हल्ला चलाएका छन् सबै मन्त्रालय उत्तिकै महत्वपूर्ण छन्”, उहाँले भन्नुभयो, “हाम्रा लागि मन्त्रालय वा पद ठूलो कुरा होइन मुलुक विकासका लािग नयाँ गठबन्धन जरुरी हो ”    
    
 अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य भएको भन्दै सोहीअनुसार पार्टीलाई अगाडि बढाउने बताउनुभयो उहाँले पार्टीका सांसदलाई धेरै विदेश भ्रमण नगर्न सुझाव दिँदै सांसदलाई गल्ती ठगीबाट जोगिने आग्रह गर्नुभयो उहाँले आगामी आर्थिक वर्षको बजेटका लागि आवश्यक सुझाव पेस गर्न पनि सांसदहरुलाई निर्देशन दिनुभयो     
    
 अध्यक्ष ओलीले सांसदको काम कानून निर्माण रहेको भन्दै सांसदलाई जथाभावी प्रस्तुत नहुन पूरा हुन नसक्ने खालका विकास निर्माणका काममा प्रतिबद्धता नजनाउन पनि सुझाव दिनुभयो