बैशाख ३, २०८१ सोमबार

सिमकोट, (हुम्ला), वैशाख : नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो     
    
अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो गए राति नै मतगणना गरिएको थियो अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहनुभएको थियो उपाध्यक्ष, सचिव, महिला उपसचिव खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको     
    
प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित हुनुभएको अन्य खुला सदस्य, महिला सदस्य दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिनुभयो