असार २७, २०७८ आइतबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो चौबीस घन्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ संक्रमणमुक्त भएका छन्।

गत चौबीस घन्टामा ५ हजार ५ सय ३५ पीसीआर तथा ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षण भएको छ।