बैशाख २, २०८१ आइतबार

काठमाडौँ, वैशाखः प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो     
    
 यस अवधिमा गत फागुन गते चैत गतेका बैठकहरूमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा २६ जना सदस्यहरूले सोध्नुभएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले जवाफ दिनुभएको थियो     
    
 त्यस्तै सभाको पहिलो बैठकमा पेस भएकोआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०लाई गत फागुन गतेको सभाको बैठकले स्वीकृत गरेको थियो सभाको पहिलो बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा () बमोजिम पेस भएको थियो     
    
 चालु अधिवेशनमा गत फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा () बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएको थियो     
    
 सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौतामध्येविमस्टेक वडापत्रलाई गत चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भनेअन्तर्राष्ट्रिय सौर्य गठबन्धको स्थापनासँग सम्बन्धित सम्झौतामाथिको सामान्य छलफल समाप्त भइसकेको     
    
 त्यसैगरी गत फागनु १४ गतेको बैठकमा पेस भएको आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि यही चैत , , गतेको सभाको बैठकहरूमा छलफल गरिएको थियो     
    
 सभाको यस अधिवेशनमा प्रतिनिधिसभामा पाँचवटा सरकारी विधेयक दर्ता भएका थिए जसमध्येनिर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’, समितिमा विचाराधीन रहेको , ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०माथिको सामान्य छलफल समाप्त भएको , ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०सभामा प्रस्तुत भएका छन् भनेआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०दर्तामात्रको स्थितिमा रहेको     
    
 साथै सभामा उत्पत्ति भएकोसम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको     
    
 यस अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएको तीनवटा सरकारी एउटा गैरसरकारी विधेयक प्रतिनिधिसभामा प्राप्त भएका थिए जसमध्येविद्युतीय व्यापार विधेयक, २०८०माथिको सामान्य छलफल समाप्त भएको भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भइसकेको     
    
 त्यस्तै सभाको पहिलो दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त आठवटा विधेयकमध्येअनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७सभाबाट पारित भएको बाँकी छवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् यसरी सभाबाट यो अधिवेशनमा कुल तीन विधेयक पारित भएका छन्     
    
 प्रतिनिधिसभाको चालु अधिवेशनमा सदस्यबाट दर्ता हुनआएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक आठवटा लिखित प्रश्नमध्ये ३२ वटा मौखिक दुईवटा लिखित प्रश्नको उत्तर प्राप्त भएकामा सभाको गत चैत २० गतेको बैठकमा छवटा मौखिक प्रश्नको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो     
    
 यस अधिवेशनमा प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिकोमहिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०पेस भयो सभाको यस अधिवेशनमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारी संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधन भएकामा शोक प्रस्ताव पारित भएका थिए     
    
 सभाको विभिन्न बैठकको आकस्मिक, शून्य विशेष समयमा सभाका सदस्यले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाका सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको थियो यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले दुईपटक, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुईपटक तत्कालीन खानेपानीमन्त्री महिन्द्रराय यादव एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिनुभएको थियो