चैत २८, २०८० बुधबार

काठमाडौँ, २८ चैत : राष्ट्रियसभाका सदस्यहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको आजको बैठकको शून्य समयमा सांसदहरुले भ्रष्टाचारको आरोपीलाई अनुसन्धानको दायरामा ल्याउन, सडक निर्माणलाई तीव्रता दिन, वर्षायाममा प्राकृतिक विपत्तिको तयारी किसानलाई मलको उपलब्धता गराउन माग गर्नुभएको हो     
    
 सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचारको आरोपितलाई अनुसन्धानको घेरामा ल्याउन आग्रह गर्नुभयो सांसद पदमबहादुर परियारले पृथ्वीराजमार्ग पूर्वी खण्डको मुग्लिनबाट पोखरासम्मको सडक निर्माणलाई सावधानीपूर्वक तीव्रता दिन माग गर्नुभयो उहाँले सडक निर्माणका क्रममा बस्तीमा पर्न गएको असरप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो     
    
 सांसद पूजा चौधरीले वर्षायाममा रौतहटसहित तराइका कतिपय जिल्लाका बस्ती डुबानका कारण जोखिममा रहेकाप्रति ध्यानार्कषण गराउनुभयो उहाँले नेपालभारत बैरगनियाको सिमाको ड्यामलाई वर्खायाममा खोल्ने भारतसँगको मौखिक सम्झौतालाई कार्यान्वयन गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभयो     
    
 सांसद बलदेव बोहराले वर्षात्को समयमा किसानलाई सरकारले प्रयाप्त मल उपलब्ध गराउन माग गर्नुभयो सांसद रुक्मणी कोइरालाले लैङ्गिक बजेट ल्याउने कार्यान्वयन गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो उहाँले एक गाउँ एक उत्पादनको कार्यान्वयका लागिसमेत जोड दिनुभयो     
    
 सांसद रेणु चन्दले सुदूरपश्चिममा आङ्गिक क्याम्पसका लागि अभिलम्ब प्रयाप्त बजेट व्यवस्थापन गर्न माग गर्नुभयो सांसद विष्णुकुमारी सापकोटाले देशभर डढेलो नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो सांसद विष्णुबहादुर विश्वकर्माले सङ्कटग्रस्त पालिकामा राहतको कार्यक्रम पु¥याउन ध्यानाकर्षण गराउनुभयो     
    
 संसदको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुकुम्बासी, सडक निर्माण सडक व्यापारीको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो सांसद मनरुपा शर्माले पर्वत जिल्लाको जलजला गाँउपालिकाका सूर्यबहादुर घर्ती गमला धर्ती क्षेत्रीको हत्याले जिल्लावासी आक्रन्त बनेको भन्दै उक्त घटनाबारे तत्काल अनुसन्धान प्रक्रिया अघि बढाएर हत्यारा पत्ता लगाउन माग गर्नुभयो