चैत २३, २०८० शुक्रबार

दमौली (तनहुँ), २३ चैतः राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको तनहुँको भिमाद नगरपालिका- स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुग्नुभएको हो     
    
कार्यक्रमलाई भव्य सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको कार्यक्रम उद्घाटन अगार्डि भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लव लगायतको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ     
    
विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ