असार २६, २०७८ शनिबार

नेपालमा शनिबार कोरोना भाइरस कोभिड—१९ का २१६९ जना संक्रमित थपिएका छन् । १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै २२ जनाको मृत्यु भएको छ ।