असार २६, २०७८ शनिबार

विप्लव नेतृत्वको नेकपाका नेता हेमन्‍तप्रकाश ओलीको स्वास्थ्‍य अवस्था सुधारोन्मुख रहेको पार्टीले जनाएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए ।

जेल जीवन बिताइरहेका नेता ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो । 

ओलीलाई भेट्न शनिबार बिहानै अस्पताल पुगेका विश्वकर्माले स्वास्थ्यस्थिति बुझ्नुका साथै सरकारसँग भएको तीन बुँदे समझदारीका विषयमा समेत छलफल भएको बताएका छन् ।

सरकारसँग तीन बुँदे समझदारीपछि चन्द नेकपामाथि लगाइएको प्रतिबन्ध सरकारले हटाए पनि हिरासतमा रहेका नेता कार्यकर्ता भने छुटेका छैनन् । केही दिनअघि मात्रै प्रवक्ता विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि १० दिने अल्‍टिमेटम दिएका थिए ।