असार २४, २०७८ बिहिबार

 प्रदेश १ मा कोरोना भाइरसका ३ सय ७ जना नयाँ संक्रमित थपिएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार गरिएको ८ सय ६७ जनाको पीसीआर परीक्षणका क्रममा १ सय ५५ महिला र १ सय ५२ पुरुष गरी कुल ३ सय ७ जनामा संक्रमण पुष्टि भएको हो।

यसक्रममा सुनसरीमा १ सय २०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा समान १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा समान २, दुहवी, गढी र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

झापाको विर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाइमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा समान ५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेकामा समान १, इलामको चुलाचुली र मांसेबुङमा समान १, खोटाङको खोटेहाङ र संखुवासभाको खाँदबारीमा समान १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ५ सय ५० पुगेको छ। जसमध्ये हालसम्म संक्रमित भएकामध्ये ६७ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार बिहीबार ३ सय ८ जना संक्रमणमुक्त भएका छन्।

बिहीबार प्रदेशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट ६ महिला र १२ पुरुष गरी १८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापामा २ महिला र ४ पुरुष र सुनसरीमा २ महिला ३ पुरुष, धनकुटामा १ महिला र १ पुरुष, उदयपुर, इलाम, संखुवासभा, ओखलढुंगा र ठेगाना नखुलेकामा समान १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशभर हालसम्म १ हजार ३ सय ३३ जना संक्रमितको मृत्यु भएको छ।