असार १९, २०७८ शनिबार

नेपालमा पछिल्लो चौबीस घण्टामा तीन हजार ६६ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ३२८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १० हजार १३३ जनामा परीक्षण गरिएको छ । जसमा ५ हजार ८३७ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ५२७ र ४ हजार २९६ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०१ जना गरी २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १९ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । हाल नेपालमा क्वारिन्टिनमा २९५ र आइसोलेसनमा २७ हजार ७१६ जना रहेका छन् । नेपालमा हालसम्म ६ लाख ४३ हजार ५८० जनामा संक्रमण पुष्टि भएका छन् ।