असार १७, २०७८ बिहिबार

काठमाडौँ उपत्यकामा बिहीबार थप ४१९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३१६, ललितपुरका ७४ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो चौबीस घन्टामा देशभर २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३३ जना संक्रमितको मृत्यु भएको छ।

गत चौबीस घन्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्।