असार १७, २०७८ बिहिबार

मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना९कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ रु यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। मुखको घाउ, खटिराबाट छुटकारा पाउने यस्ता छन् घरलु उपायहरु 

– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।

– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने  ।

– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने ।

– मह घाउमा लपक्क लगाउने  ।

– बढी चिल्लो नखाने ।

– हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने ।

– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने ।

– बदाम भिजाएर खाने ।

– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने ।

– जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।