असार १६, २०७८ बुधबार

 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा १८९ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ। गत २४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्।

गत २४ घण्टामा ७ हजार १८७ पीसीआर र ४ हजार ३८१ एन्टिजेन परीक्षण भएको छ।