पुस २८ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले डा .आरजु राणा देउवाले हस्तान्तरण गर्नुभएको डिग्निटी कीट जाजरकोट तरुण दललाई आज सुम्पिनुभएको छ ।
अध्यक्ष गुरुङले जाजरकोट तरुण दललाई उक्त डिग्निटी कीटको झोला सुम्पिदै भुकम्प पीडित को यथार्थ पहिचान गरि सहि ढङ्गले उक्त सामग्री बाड्न जाजरकोट बाट प्रतिनिधित्व गर्ने तरुण दल केन्द्रिय सदस्य पुस्प बस्नेत तरुण नेता रमेश चन्दलगायतको टोलिलाई निर्देशन दिनुभएको छ ।
१८ प्रकारका सामग्री रहेको किट ५०० जनालाई पुग्ने र १५ प्रकारका सामग्री भएको किट ५०० जना महिलालाई पुग्ने जनाइएको छ । सो राहतमा सहयोग गर्ने संस्थाहरूमा सुरक्षित मातृत्व सञ्जाल काठमाडौँ, माननीय डा. आरजु राणा देउवाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य तथा फुड इन्डस्ट्री प्रालि मोरङ र हिमालय रि इन्स्योरेन्स प्रालि काठमाडौँ रहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले जनाएको छ ।