असार १५, २०७८ मंगलबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन्।