असार १४, २०७८ सोमबार

नेपालगञ्जको भेरी अस्पतालमा आइतबार रातभरमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक तीनै जना बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गर्न आएका थिए ।

प्यूठान झिमरुक गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको हो । असार १२ गते पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो । उनको राति १ बजे मृत्यु भएको हो ।

यस्तै दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । असार २ गते पीसीआर गरिएका उनलाई ४ गते भर्ना गरिएको थियो । उनको राति साढे २ बजे मृत्यु भएको हो ।

यसैगरि दैलेख आठविस नगरपालिका वडा नम्बर ४ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । असार ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो । उनको बिहान सवा ३ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचार गराउन आउँदा बाहिरी जिल्लाका ३ सय ६१ जनाको मृत्यु भएको छ ।