नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये ५२ जना कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो भने २९ जना यसअघि मृत्यु भएर तथ्यांकमा समावेश नभएको संख्या हो।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४६१ पीसीआर र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षण गरेका छन्।