असार २४, २०८० आइतबार

काठमाडौँ, २४ असार: प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ । 

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सार्नुभएको हो । 

    टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्र्कष निकाल्न शुभकामना समेत दिनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।