काठमाडौँ, १३ असार: नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिनुभयो ।
बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।