असार ४, २०८० सोमबार

काठमाडौँ, ४ असार: नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा देखा परेका अन्तरविरोधलाई चुनौतीकारुपमा लिएर विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सक्नुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितका शीर्षकको छलफलमा भाग लिँदै सांसद सापकोटाले परम्परागतरुपमा विदेश नीति सञ्चालन नगरी एकरुपता कायम गर्दै  सम्भावनाबीच अगाडि बढेर राष्ट्रलाई समुन्नतिमा लान सक्नुपर्ने माग गर्नुभयो । 
    
    उहाँले श्रम कूटनीतिलाई प्रभावकारी बनाउँदै रोजगारी सिर्जनामा लाग्न सुझाव दिनुभयो । सांसद सापकोटाले नीति तथा कार्यक्रमको मूल मर्मअनुसार बजेटमा सङ्गति मिलाउन र सङ्घीयतालाई प्राथमिता दिन आग्रह गर्नुभयो ।