काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्नुभएको थियो । साथै, बैठकमा उहाँले बजेटको प्रति टेबल गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।