जेठ ४, २०८० बिहिबार

काठमाडौँ, ४ जेठ: जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो ।

सोहीअनुसार जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेबसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आज आयोगलाई जानकारी गराएको सो पार्टीका कायर्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो