चर्चित हास्य कलाकार रवी डंगोल कोरोनाको उपचारपछि घर फर्किएका छन् । ९ दिन ललितपुरको निदान अस्पतालको उपचारपछि उनी घर फर्किएका हुन्
डंगोलले सामाजिक संजालमा आफू कोरोनाको उपचार गरेर घर फर्किएको जानकारी दिएका छन् । आफ्नो उपचारमा सहभागी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् ।
डंगोलले सामाजिक संजालमा लेखका छन् ‘धेरै दिनदेखि कोरोनासँग जुधिरहेको छु । ९ दिन धेरै सकस र कठिनपूर्ण घरमै र ९ दिन निदान अस्पतालको उपचारपछि हिजो घर फर्केको छु ।’
कलाकार डंगोलले आफ्नो धर्मपत्नी जुनु डंगोललाई पनि कोरोना पोजिटिभ देखिएको उल्लेख गर्दै घरसम्मै अक्सिजनको सहायताले उपचार भइरहेको समेत जनाए ।
‘यहाँहरु सबैको साथ, सहयोग र उच्च आत्मबलले मात्रै कोरोनालाई जित्न सकिन्छ’ डंगोलको पोष्टमा उल्लेख छ ।