फागुन १४, २०७९ आइतबार

काठमाडौं। स्वास्थ्य सेवा दिवस २०७९ को अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदानबाट कूल ३४ युनिट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको केन्द्रीय रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको छ।

प्रयोगशालाका अनुसार विभिन्न क्षेत्रका ३४ जना रक्तदाताले रक्तदान गरेका हुन्। उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाईं तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह लगायतको उपस्थिति थियो। स्वास्थ्य सेवा दिवस सोमबार मनाइँदै छ।