बैशाख ३१, २०७८ शुक्रबार

निर्देशक तथा मोडल प्रेम थापाको नयाँ गित ‘ भुल भयो म बाट ’ नेपाली बजारमा म्यूजिक भिडियोका सफल मोडल तथा निर्देशक प्रेम थापाको नयाँ गित ‘ भुल भयो म बाट ’ गित आजबाट बजारमा आएको छ ।  लोकदोहोरी प्याटनमा रहेको यो गित आज बिहान इमराल्ड आर्ट स्टुडियोको युटुव च्यानल मार्फत बजारमा आएको हो । म्युजिक भिडियोमा मोडल प्रेम थापा र मोडल अन्जली अधिकारीको अभिनय रहेको छ ।  

गितमा गायिका समीक्षा अधिकारी र सुवास खत्रीको आवाज रहेको छ भने गीतमा शब्द सिर्जना शिव अखेलीले गरेका छन् । ईश्वर सिंहले लय सिर्जना गरेका छन् । गीतको निर्देशन युवा निर्देशक सिर्जन बरालले गरेका छन् ।  

भिडियोमा मोडल थापा र अधिकारीबीच गहिरो माया प्रेम रहेको देख्न सकिन्छ ।  मायामा केही भुल भएपछि मोडल थापा मोडल अधिकारीसंग विभिन्न भुमिकामा माफी मागेको देख्न सकिन्छ ।  

यसअघि मोडल तथा निर्देशक थापाको बाचा,समय,धर्म.... लगायतको गिती एल्बम् बजारमा आइसकेको छ । जसमा माया लाएर र्नै हो..,फेरी मायाको..,रातको जुन परे म भरमा....लगायतको गित चर्चित मानिन्छ ।  १ महिना अघि मात्रै खोलीको पानीले .....नामक बोलको गित सार्वजानिक भएको थियो । जुन गितले निकै चर्चा समेत कमाएको थियो ।