फागुन ५, २०७९ शुक्रबार

५ फागुन काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ ।

 मुम्बईस्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचाररत चन्द्र दाईको राती १०:३० वजे डा. सुनिल केस्वानीले गरेको परिक्षण पछि दिएको जानकारी अनुसार शरीरमा फ्लुईडको मात्रा डबल गर्ने र विहान १०:३० मा पहिलो सर्जरी गर्ने अनि दिउसो १:३० वजे दोस्रो सर्जरी गर्ने । राती ११:३० को बजे डा. संदीप मिस्त्रीले गरेको परिक्षण पछि दिएको जानकारी अनुसार सबै पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखिने छ। १२:३० बजे डा. अमुलले गरेको परिक्षण पछि दिएको ब्रिफिङ अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीबायोटिक्स कन्टिन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी सँगै रहेका योगराज कँडेल मार्फत प्राप्त भएको छ।

बुधवार राति खाना पकाउने एलपी ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो। मुम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको छ । हिजो भारत पुगेका भण्डारीको स्वास्थ्यवस्था हाल स्थिर रहेको सँगै रहेका चिकित्सकहरूले बताएका छन्। सोही दुर्घटनामा परी घाइते भएकी उनकी आमाको बिहीबार बिहान काठमाडौँको कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ। सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइका सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि मुम्बई लगिएको हो।