फागुन ४, २०७९ बिहिबार

४ फागुन काठमाडौँ। थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको नमूना परीक्षण गरिएको थियो ।

४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने १० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।