माघ २७, २०७९ शुक्रबार

२७ माघ काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि लिँदै आएको विशेष परीक्षा आगामी चैत १७ र १८ गते गर्ने भएको छ।

चैत १७ र १८ गते हुने विशेष परीक्षाका लागि काउन्सिलले इच्छुक चिकित्सकहरूका लागि माघ २९ गतेदेखि फागुन २९ गतेसम्म अनलाइन माध्यमबाट आवेदन बुझाउन समेत आग्रह गरेको छ।

काउन्सिलले जारी गरेको सूचनामा विलम्ब शुल्क तिरेर थप २ दिन फागुन ३० र चैत १ गते पनि आवेदन बुझाउन सक्ने मेडिकल काउन्सिलले जानकारी दिएको छ।अनलाइन आवेदन २४ सै घण्टा खुला हुने र परीक्षा पुल्चोकस्थित इञ्जिनियरिङ कलेजमा हुने सूचनामा जनाइएको छ।