माघ २७, २०७९ शुक्रबार

२७ माघ काठमाडौँ। डाक्टरलाई धम्काउने व्यक्तिलाई मेसुले मौन समर्थन गरेको भन्दैं इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतद्वारा सामूहिक राजीनामा दिएका छन्। सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका  मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा देवराज घिमिरे मौन बसेको भन्दैं शुक्रबार राजीनामा दिएका छन्।  

उनीहरुले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन्। मेडिकल अधिकृतहरु डा महेशकुमार शाह, डा रतिकुमार यादव, डा आशिष देव, डा अभिषेकुमार सिंह, डा श्रेया पंगेनी, डा कृतिका हमाल, डा दिपेन्द्र मेहता र डा वीरेन्द्र मण्डलले सामूहिक राजीनामा दिएका हुन्।

‘आजको दिनमा अस्पताललाई यो अवस्थामा पु¥याउन दिन रात खटिरहेका हामी विरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारवाजी भएको देख्दा हामी मानसिक तनावमा छौ र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको जानकारी गराउँदछौं,’ मेडिकल अधिकृतहरुले अस्पताल व्यवस्थापनलाई लेखेको सामूहिक राजीनामा पत्रमा उल्लेख छ।