माघ २५, २०७९ बुधबार

२५ माघ  काठमाडौं। नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले ३ हजार ५३७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी प्रगतिशील समूहका डा। सन्तोष पौडेलले २ हजार २२३ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार डा. शिवजीबिक्रम सिलवालले २९० मत पाउनुभयो । मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

यस्तै, महासचिवमा सोही समूहका डा. सञ्जीव तिवारी निर्वाचित हुनुभएको छ ।