धनगढी – सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन।
संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
नागरिक उन्मुक्ति पार्टीले आफना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो।
नेकपा ९एमाले०का रावल सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।