माघ २३, २०७९ सोमबार

२३ माघ काठमाडौँ। राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने भएकी छन्।

आज मध्याह्न १२ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको प्रस्ताव निर्णयार्थ पेश गर्नेछन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा हुने संघीय संसद् सचिवालयले जनाएको छ।

विपक्षी दलको तर्फबाट उम्मेदवार उठाउने बताएको नेपाली कांग्रेसलगायतका दलले माओवादीकी उम्मेदवार भएसँगै उम्मेदवार नउठाउने निर्णय गरेका थिए।