माघ २२, २०७९ आइतबार

२२ माघ काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्।

चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएपछि आफू स्वतः विजयी हुनुपर्ने उनको दाबी छ।

लामिछानेसँग भारी मतान्तरले पराजित भएका श्रेष्ठले आफूलाई सांसद घोषणा गर्न माग गर्दै आज बिहान साढे ११ बजे निर्वाचन आयोगमा निवेदन दिन जाने तयारी गरेका छन् ।

त्यसपछि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने उनको तयारी छ।