माघ १९, २०७९ बिहिबार

१९ माघ काठमाडौँ। काठमाडौं क्यान्सर सेन्टरले  इन्नर क्लव अफ वागमतीका सदस्यहरुलाई ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच गरेको छ।

ब्रेस्ट अंकोलोजिस्ट डा बनिरा कार्की र  रेडियोलोजिस्ट डा हरिओम जोशीद्वारा  सदस्यहरुको  बिहीबार भिडियो एक्स-रे, पाठेघरको मुखको क्यान्सरको जाँच लगाएतका सेवा प्रदान गरेको छ। 

काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेर्नेस नेपालले उक्त  कार्यक्रम गरेको अस्पताल व्यवस्थापक वर्षा कोइरालाले जानकारी दिइन्।