माघ १९, २०७९ बिहिबार

१९ माघ काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।धुम्बाराहीस्थित पार्टी सभापति देउवाको निवासमा अहिले केही बेरमा बस्ने बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र दुई महामन्त्री सहभागी हुने छन् ।

राष्ट्रिय सभाका उपाध्यक्षको चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसले उम्मेदवारी दिनेरनदिने सम्बन्धनमा बिहीबारको बैठकले टुंगो लगाउने बताइएको छ ।