माघ १८, २०७९ बुधबार

१८ माघ काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना जानकारी गराउनुभएको छ । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त भएको पत्रबारे सदनलाई जानकारी गराउनुभएको हो ।

बैठकमा सभामुख घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउनुभयो । उहाँले चितवन क्षेत्र नम्बर २ को सांसद पद रिक्त भएको व्यहोरा बैठकमा जानकारी गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही माघ २२ गते आइतवार दिउँसो १ बजे बस्नेछ ।