माघ १८, २०७९ बुधबार

१८ माघ काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गर्नु भएको छ ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उहाँले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गर्नु भएको हो ।

सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उहाँले बताउनुभयो ।

आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनमा दिएको उहाँले बताउनु भयो । अब आफू स्वतन्त्र रहने समेत उहाँले बताउनु भयो ।

सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । सापकोटा लामिछानेको विश्वासको चिनिनु भएको थियो।